प्रधानमन्त्री पुत्रीलाई भ्रष्टाचारी भनेका सांसद प्रधानमन्त्री भेट्न सिंहदरबारमा

प्रधानमन्त्री पुत्रीलाई भ्रष्टाचारी भनेका सांसद प्रधानमन्त्री भेट्न सिंहदरबारमा

स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । 

आज प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर उनले प्रधानमन्त्रीसँग आधा घण्टा भेटवार्ता गरेका हुन् । दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय पुगेका उनी पौने चार बजे त्यहाँबाट बाहिरिएका थिए । 

नेपाली काँग्रेसमा रहँदासम्म राष्ट्रिय राजनीतिमा ठूलो प्रभाव राख्ने सिंहसँग शीर्ष नेताको बाक्लो भेटघाट हुने गथ्र्यो । शक्ति केन्द्रसँगको सम्बन्धका कारण सत्ता राजनीतिका खास–खास मोडमा उनको नाम चर्चामा आउँथ्यो । 

तर, पछिल्लो समय सांसद सिंहको पहिलेको प्रभावमा निकै कमी आएको छ  । केही समयअघि प्रधानमन्त्रीपुत्री गङ्गा दाहाललाई भ्रष्टाचारको आरोप लगाएपछि बालुवाटार र प्रधानमन्त्री कार्यालय सिंहदरबार जान छाडेका थिए ।
 

टिप्पणीहरू