कवाड व्यवसायीको आन्दोलनमा प्रहरी घुसेपछि प्रभुको आपत्ति

कवाड व्यवसायीको आन्दोलनमा प्रहरी घुसेपछि प्रभुको आपत्ति

कवाड व्यवसायीको आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले आपत्ति जनाएका छन् ।

काठमाडौं महानगरपालिकाको डोजर आतंकविरुद्ध सडकमा उत्रिएका कवाड व्यवसायीको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेकोप्रति उनले घोर भर्त्सना गरेका हुन् । शान्तिपूर्ण आन्दोलनमा प्रहरीले बलप्रयोग गरेको उल्लेख गर्दै साहले यस्तो कदमले लोकतन्त्रको उपहास भएको बताए । 

‘अहिलेको २१ औं शताब्दी लोकतान्त्रिक युगमा राज्यले यसरी प्रहरी लगाएर आन्दोलनकारीमाथि दमन गर्नु लोकतन्त्रको उपहास हो । कवाड व्यवसायीले उठाएका मागहरु देशको शान्ति सुरक्षा एवं कानुनी शासनसँग सम्बन्धित रहेकोले सरकारले दमनको बाटो त्यागेर संवादद्धारा जायज मागहरुको तुरुन्त सम्बोधन गर्न विशेष आग्रह गर्दछु’, उनले आज सामाजिक सञ्जालमा लेखेका छन् । 

महानगरले कवाड व्यवसायीहरुमाथि गरिरहेको दमन रोक्न माग गर्दै आजपाको नेतृत्वमा केही दिनदेखि निरन्तर प्रदर्शन भइरहेको छ । सोही क्रममा आज दिँउसो उनीहरु महानगरको कार्यालय घेराउ गर्न पुगेका थिए । तर, प्रहरीले उनीहरुलाई रोकेपछि झडपको स्थिति बनेको हो ।

टिप्पणीहरू