निर्वाचन आयुक्तमा सिफारिस प्रधानविरुद्ध उजुरी माग
संसदीय सुनुवाइ समितिले निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानविरुद्ध उजुरी आह्वान गरेको छ ।
आज बसेको समिति बैठकले १० दिनभित्र उजुरी आह्वान गर्ने निर्णय गरेको सभापति पशुपति शमशेर राणाले जानकारी दिए । संसदीय सुनुवाईपछि समितिबाट प्रधानको नाम अनुमोदन भए नियुक्ति प्रक्रिया अघि बढ्ने छ ।
गत आइतबार बसेको संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो । नुवाकोट स्थायी ठेगाना भएका उनी नेपाल कानुन समाजका कार्यकारी निर्देशक थिए । प्रधानसँग आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक), ग्रामीण विकास प्रतिष्ठान, राष्ट्रिय न्यायिक प्रतिष्ठानमा काम गरेको अनुभव छ ।
टिप्पणीहरू