परराष्ट्र मन्त्री श्रेष्ठ फर्कनुअघि होला त क्याबिनेट हेरफेर ?
उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ इरान जान लाग्नुभएको छ । उहाँ भोलि त्यसतर्फ जाने कार्यक्रम छ ।
श्रेष्ठ तेहरानमा हुन लागेको एसिया सहयोग संवाद (एसिडी) सदस्य राष्ट्रका विदेशमन्त्रीहरुको १९ औं बैठकमा सहभागी हुन त्यसतर्फ जान लाग्नुभएको बताइएको छ ।
सोमबार हुने विदेशमन्त्रीस्तरीय बैठकअघि आइतबार सदस्य राष्ट्रका वरिष्ठ अधिकारीहरुको बैठक राखिएको छ । उक्त बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव ज्ञानबहादुर मगरले पनि भाग लिने बुझिएको छ ।
टिप्पणीहरू