प्रभुका कार्यकर्ता दिनहुँ वैदेशिक रोजगार विभागको गेटमा
प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) निकट आईटी आर्मीले आज पनि वैदेशिक रोजगार विभाग घेराउ गरेको छ । विदेश जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने माग राख्दै छ दिनदेखि आन्दोलनरत आईटी आर्मीले आज पनि आन्दोलनलाई निरन्तरता दिएको छ ।
वैदेशिक रोजगार पीडितलाई न्याय दिनुपर्ने उनीहरुको माग छ । सो क्रममा ‘बेरोजगारको खुलेआम व्यापार गर्न पाइँदैन’, ‘विदेश जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर’, ‘निजी म्यानपावर खारेज गर’, लेखिएका प्लेकार्ड बोकेर उनीहरुले चर्को नाराबाजी गरेका थिए ।
टिप्पणीहरू