सरकारमा गएर गज्जब गरेको रवि लामिछानेको दाबी

सरकारमा गएर गज्जब गरेको रवि लामिछानेको दाबी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा गृहमन्त्री रवि लामिछानेले संसदमा २१ सिटको आफ्नो पार्टीले सरकारमा गज्जब गरिरहेको बताएका छन् । सरकारको सय दिनमा आफ्नो पार्टीले गज्जबले काम गर्ने आधार बनाएको उनले दाबी गरेका हुन् । 

पार्टी स्थापना दिवसको अवसरमा घण्टी घरमा आज आयोजित चियापान समारोहपछि लामिछानेले नयाँ राजनीतिक दल भएकाले आफ्नो पार्टीप्रति जनताको धेरै अपेक्षा रहेको र सरकारमा गएर त्यसैगरी काम गरिरहेको बताए । 

‘२१ सीटले सदनमा हामी गज्जबको प्रतिपक्ष भएकै हौँ । सरकारमा एक सय दिन जति भएको छ । गज्जबले सरकार चलाउने आधार बनेका छन्', उनले भने 'नागरिकको अपेक्षा ठूलो छ । त्यो पूरा गर्न ठूलो चुनौती छ । त्यसलाई ख्याल गरेर हामीले इमान्दार कोसिस गर्छौँ ।’

अरु राजनीतिक दलभन्दा आफ्नो पार्टी फरक रहेको जिकिर गर्दै लामिछानेले बिस्तारै परिणामले त्यो कुरा पुष्टि गर्ने जनाए । आम नागरिकको अपेक्षा परिपूर्ति गर्न सरकारमा जानुपर्ने अवस्था आएको पनि उनको भनाई छ ।
 

टिप्पणीहरू