अरुले घण्टी बजाउँदा एमाले अध्यक्ष गाँजाको तानतिर

अरुले घण्टी बजाउँदा एमाले अध्यक्ष गाँजाको तानतिर

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शीर्ष नेतृत्व र उच्चपदस्थ अधिकारीहरुलाई पार्टी कार्यालयमा बोलाएर दोस्रो स्थापना दिवस धुमधामका साथ मनाएको छ । पार्टी मुख्यालय बालाजु,बनस्थलीमा आज दिउँसो विशेष कार्यक्रम गरी रास्वपाले स्थापना दिवस मनाएको हो । 

कार्यक्रममा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,काँग्रेस सभापति शेरबहादुर देउवा,एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी थिए । त्यस्तै,सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल, बाबुराम भट्टराई,उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ,राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत पनि कार्यक्रममा उपस्थित भए ।

कार्यक्रममा ढिलो पुगेका र रवि लामिछानेसँग विशेष सम्बन्ध रहेको भनिएका एमाले अध्यक्षले भने घण्टी बजाएनन् ।

आगन्तुक विशेष अतिथिहरुलाई सभापति लामिछानेले स्वागत गर्दै त्यहाँ राखिएका गाँजा र अन्य विभिन्न नेपाली मौलिक उत्पादनका स्टल अवलोकन गराए । त्यस्तै,निम्तो मान्न पुगेका अतिथिहरुलाई त्यहाँ राखिएको घण्टीसमेत बजाउन लगाइएको थियो ।

चुनावी कार्यक्रमको झल्को दिनेगरी रास्वपाले आफ्नो चुनाव चिन्हको प्रचार गराउने उद्धेश्यले आगन्तुकहरुलाई घण्टी बजाउन लगाएको हो । प्रधानमन्त्रीसहित दलका शीर्ष नेताहरुले घण्टी बजाएका थिए । 

तर, कार्यक्रममा ढिलो पुगेका र रवि लामिछानेसँग विशेष सम्बन्ध रहेको भनिएका एमाले अध्यक्षले भने घण्टी बजाएनन् । बरु, त्यहाँ रहेको गाँजाको कपडा बनाउने तान चलाउँदै कपडा बुनेका थिए ।

टिप्पणीहरू