संसद बैठक प्रभावित भएपछि शीर्ष नेताहरुबीच छलफल
संघीय संसद् सचिवालयका कर्मचारीको आन्दोलनबारे आज पनि बालुवाटारमा छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमान पुन र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीबीच कर्मचारीको भत्ता बढाउनुपर्ने मागमाथि छलफल भएको हो ।
छलफलमा मुख्य सचिव डा. बैकुण्ठ अर्याल र संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय पनि उपस्थित रहेको बताइएको छ ।
संसद् सचिवालयका कर्मचारीले अन्य कर्मचारी सरह भत्ता बढाउनुपर्ने भन्दै आन्दोलन गर्दै आएका छन् । उनीहरुको आन्दोलनका कारण संसद सचिवालयको गतिविधि र संसद बैठक प्रभावित भएको छ ।
टिप्पणीहरू