मन्त्री तेहरान,सचिव र डिजी मेक्सिकोसहित अमेरिका प्रस्थान
उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ इरानको राजधानी तेहरान जानुभएको छ । उहाँ हिजो साँझ कतार एअरवेजको उडान नम्बर क्युआर ६४७ मा दोहा हुँदै त्यसतर्फ जानुभएको हो ।
तेहरानमा भोलिदेखि एशिया कोअपरेशन डाइलगको १९ औं मन्त्रीस्तरीय बैठक हुँदैछ । सोही कार्यक्रममा मन्त्री श्रेष्ठसँगै उहाँका निजी सचिव सुरेशकाजी श्रेष्ठ पनि गएका छन् ।
सोही उडानमा नागरिक उ्ड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी तीन जनाको टोली अमेरिका गएको छ ।
उता आजै बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल इस्तानबुल हुँदै मेक्सिको र उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल इस्तानबुल हुँदै अष्ट्रिया जानुभएको छ । दुबै जना काठमाडौंबाट टर्किस एअरलाइन्सको उडान नम्बर टीके ७२७ मा त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
टिप्पणीहरू