कर्मचारीको माग पूरा गर्न कानुनमन्त्रीको संयोजकत्वमा समिति गठन

कर्मचारीको माग पूरा गर्न कानुनमन्त्रीको संयोजकत्वमा समिति गठन

सरकारले संघीय संसद्का आन्दोलनरत कर्मचारीहरुको माग सम्बोधनका लागि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा समिति गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले मन्त्री गिरीको संयोजकत्वमा तीन सदस्यीय सहजीकरण समिति गठन गरेको बताइएको छ ।

समितिमा अर्थ मन्त्रालयका सचिव र संघीय संसदका महासचिवलाई सदस्य तोकिएको छ । संसद्का कर्मचारीहरु भत्ता बढाउनुपर्ने माग राखेर अघिल्लो सातादेखि आन्दोलनरत छन् ।

आज बिहान बालुुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमान पुन, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, मुख्य सचिव डा. वैकुण्ठ अर्याल र संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेबीच आन्दोलनबारे छलफल भएको थियो । 

कर्मचारीको आन्दोलनका कारण संसदको बैठक र कामकारबाही प्रभावित हुँदै आएको छ ।

टिप्पणीहरू