जसपाको समर्थन फिर्तापछि पनि लुम्बिनी सरकार यथावत
लुम्बिनी प्रदेश सरकारलाई उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले यसअघि दिएको समर्थन फिर्ता लिएको छ ।
पार्टी संसदीय दलकी प्रमुख सचेतक अम्बिका काफ्लेले समर्थन फिर्ता लिएको जानकारी गराएकी छन् । लुम्बिनीमा जसपा नेपालले समर्थन फिर्ता लिए पनि माओवादी नेतृत्वको सरकारलाई आवश्यक पर्ने बहुमतमा कुनै समस्या देखिँदैन ।
मुख्यमन्त्री जोखबहादुर महरालाई माओवादीका १०, एमालेका २९, नागरिक उन्मुक्तिका ४, अशोक राई नेतृत्वको जसपाका दुई, एकीकृत समाजवादीका एक र एक जना स्वतन्त्र सांसद गरी ४७ सांसदको समर्थन कायम छ । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यक हुन्छ ।
टिप्पणीहरू