थाइल्याण्डका राजारानीलाई नेपाल भ्रमणको निम्तो
राष्ट्रपति रामचन्द्र पौडेलले थाइल्याण्डका राजा महा वाजिरालोंगकोर्णलाई नेपाल भ्रमणको निम्तो दिनुभएको छ ।
थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले हिजो एम्फोरन राजदरबारमा वाजिरालोंगकोर्णलाई भेटेर राष्ट्रपतिको तर्फबाट निम्तो दिइएको हो । भेटमा गौतम बुद्धको जन्मस्थल लुम्बिनी र राजर्षि जनकको राजधानी जनकपुरबारे अवगत राजालाई जानकारी गराइएको थियो ।
वाजिरालोंगकोर्णले निमन्त्रणालाई स्वीकार गर्दै कृतज्ञता व्यक्त गर्नुभएको र उपयुक्त समयमा नेपाल भ्रमण गर्ने वाचा गरेको बैंककस्थित नेपाली राजदूतावासले जनाएको छ ।
भेटमा रानी सुथिडा फच्रसुथाफीमोंलकको पनि उपस्थिति थियो ।
टिप्पणीहरू