घण्टीका माननीयलाई घण्टाघरको चिन्ता

घण्टीका माननीयलाई घण्टाघरको चिन्ता

राष्टिय स्वतन्त्र पार्टीका सांसद असीम शाहले घण्टाघरको घडी मर्मत गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

आज प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले घण्टाघरले समय देखाउन छोडेको भन्दै चिन्ता जनाए । सांसद साहले घण्टाघरको घडी तुरुन्त मर्मत नगरेमा गणतन्त्र र संघीयतालाई जिस्काइरहने टिप्पणी गरे । 

घण्टाघर राजधानीको मात्र शान नभएर देशको ऐतिहासिक धरोहर भएको उनको तर्क थियो ।

टिप्पणीहरू