मुख्यसचिव निलम्बित,बाजी मार्ने को ?

मुख्यसचिव निलम्बित,बाजी मार्ने को ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेलगत्तै मुख्यसचिव डा. बैकुण्ठ अर्याल निलम्बित भएका छन् । एक वर्षअघि मुख्यसचिव नियुक्त अर्याल आन्तरिक राजश्व विभागको अन्तःशुल्क स्टिकर छपाईसम्बन्धी प्रकरणमा तानिएका हुन् । भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएलगत्तै निजामती कर्मचारी स्वतः निलम्बनमा पर्ने कानुनी व्यवस्था छ ।

मदिराको बोटलमा टाँसिने स्टिकर छाप्न मुद्रण केन्द्रलाई विना प्रतिस्पर्धा ठेक्का दिइएको थियो । केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल थिए भने विभागका महानिर्देशक रितेश शाक्य ए अर्याल तत्कालीन सञ्चार सचिव थिए ।

३८ करोड ६७ लाख बजेट रहेको उक्त छपाईमा छ करोड भुक्तानी भइसकेको छ । आयोगले सोही सन्दर्भमा गरेको छानबिन र यसअघि नै जेल चलान भएका केन्द्रका कार्यकारी निर्देशक पौडेलको बयानको आधारमा अर्याल पनि तानिएका हुन् । 

रकारले उनलाई विशेष पद सिर्जना गरेर निलम्बन अवधिभर कतै राख्ने प्रशासन विज्ञहरुको बुझाई छ । यस्तो अवस्थामा तत्काल एक जना सचिवलाई कायम मुकायमको जिम्मेवारी दिने र केही समयपछि तुलनात्मक रुपमा प्रभावशाली र क्षमताको हिसाबले चारमध्ये एकलाई मुख्य सचिव नियुक्त गर्ने सम्भावना धेरै देखिन्छ ।

अर्यालको निलम्बनसँगै अब नयाँ मुख्यसचिवको चयन प्रक्रिया शुरु भएको छ । ७० जना सचिवमध्ये वरिष्ठताको आधारमा डा. तोयनारायण ज्ञवाली सबैभन्दा अगाडि छन् । योजना आयोगमा रहेका उनको कार्यकाल मुश्किलले डेढ महिना बाँकी छ ।

सञ्चार मन्त्रालयका रामकृष्ण सुवेदी पनि आगामी माघ फागुनमा अवकाश हुँदैछन् । माओवादी निकट भनिएका सुवेदीपछि तेस्रो नम्बरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई छन् ।

चौथो नम्बरमा गृह सचिव एकनारायण अर्याल रहेकाले सरकारले कार्य सम्पादन र बाँकी सेवा अवधिको हिसाबले यी चार जनामध्येबाट एक जनालाई तत्काल मुख्यसचिवको जिम्मेवारी दिने सम्भावना बढी छ । निलम्बित अर्यालविरुद्ध दूरसञ्चार प्राधिकरणले खरिद गरेको टेरामक्स प्रणालीमा भएको भनिएको भ्रष्टाचारमाथि पनि आयोगले अनुसन्धान गरिरहेकाले उनी तत्काल मुद्दा छिनोफानो भएर पहिलेको जिम्मेवारीमा फर्कने सम्भावना न्यून रहेको बताइन्छ ।

त्यसैले सरकारले उनलाई विशेष पद सिर्जना गरेर निलम्बन अवधिभर कतै राख्ने प्रशासन विज्ञहरुको बुझाई छ । यस्तो अवस्थामा तत्काल एक जना सचिवलाई कायम मुकायमको जिम्मेवारी दिने र केही समयपछि तुलनात्मक रुपमा प्रभावशाली र क्षमताको हिसाबले चारमध्ये एकलाई मुख्य सचिव नियुक्त गर्ने सम्भावना धेरै देखिन्छ ।

टिप्पणीहरू