उपाध्यक्ष फर्कंदै,उप विदेशमन्त्री आउँदै

उपाध्यक्ष फर्कंदै,उप विदेशमन्त्री आउँदै

चिनियाँ जनराजनीतिक परामर्शदातृ सिचुआन प्रान्तीय कमिटीका उपाध्यक्ष सिये शांगह्वा नेपाल भ्रमण पूरा गरेर फर्कनुभएको छ । उहाँ नेतृत्वको टोली फ्लाई दुबईको उडानमा बिहान ९ बजे दुबई गएको बताइएको छ । दुबईबाट बेलारुस हुँदै चीन फर्कने कार्यक्रम छ । टोली शुक्रबार काठमाडौं आइपुगेको थियो ।

उपाध्यक्ष सिये चिनियाँ प्रजातान्त्रिक राष्ट्रिय निर्माण संघको सिचुआन प्रान्तीय समितिका अध्यक्षसमेत हुनुहुन्छ ।

आजै चिनियाँ उप विदेशमन्त्री सुन वेइदोङ तीन दिने नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । उहाँ भोलि काठमाडौंमा हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६ औं बैठकमा चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आउन लाग्नुभएको हो ।

बैठकमा आपसी सहयोग, सीमा व्यवस्थापन,व्यापार, सीमापार प्रशारण लाइन, रेलमार्ग, पारवहन तथा यातायात सन्धीलगायत विषयमा छलफल हुने बताइएको छ । सुन राजदूतका हैसियतमा पाकिस्तान र भारतमा बसिसकेका कूटनीतिज्ञ हुनुहुन्छ ।

टिप्पणीहरू