प्रेम अंकुरणको ठ्याक्कै सात वर्षमा लगनगाँठो

प्रेम अंकुरणको ठ्याक्कै सात वर्षमा लगनगाँठो

बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले बिबाह गरेकी छन् । आफूभन्दा दुई वर्ष कान्छा प्रेमी जहीर इकबालसँग हिजो दिउँसो मुम्बइको बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा सोनाक्षीले औँठी साटेर दर्ता बिबाह गरेकी हुन् । 

साँझ अभिनेत्री शिल्पा शेट्टीले सञ्चालन गरेको रेष्टुरेण्टमा भोज आयोजना गरिएको थियो । सलमान खान, सञ्जलिला भन्साली, काजोल, रेखा, रविना टन्डन, अनिल कपुरलगायतका सेलिब्रेटीहरु भोजमा पुगेर नव दम्पतीलाई शुभकामना दिएका थिए । 

सोनाक्षीले समाजिक सञ्जालमार्फत् सात वर्षको प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न पाउँदा खुशी लागेको बताएकी छन् । जाहिरले सन् २०१९ मा ‘नोटबुक’ बाट बलिउडमा डेब्यु गरेका थिए । यद्यपि, उनी पेशाको हिसाबले भने रियलस्टेट व्यापारी हुन् । सोनाक्षी र जहीरले ‘डबल एक्सएल’ मा पनि सँगै काम गरेका थिए । सोही फिल्मबाट यो जोडीमा प्रेम अंकुरण भएको बताइन्छ ।

टिप्पणीहरू