पारित भयो आगामी आर्थिक वर्षको बजेट

पारित भयो आगामी आर्थिक वर्षको बजेट

आर्थिक वर्ष २०८१/८२ को बजेट प्रतिनिधिसभाबाट पारित भएको छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले ‘विनियोजन विधेयक २०८१’ बहुमतले पारित भएको घोषणा गर्नुभएको छ । 

गत जेठ १५ गते अर्थमन्त्री वर्षमान पुनले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको थियो । त्यसमध्ये चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड, पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ५२ करोड र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब रुपैयाँ रहेको छ । 

यसबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बजेट तर्जुमामा केही कमजोरी रहेको स्वीकार गर्दै सम्बन्धित मन्त्रीहरुको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले अर्थमन्त्री वर्षमान पुन, भौतिक योजनामन्त्री रघुवीर महासेठ र शहरी विकासमन्त्री धनबहादुर बुढालाई बजेट कार्यान्वयनमा सन्तुलन कायम गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराउनुभएको हो । 

केही दिनअघि ती मन्त्रीहरुले आफ्नो निर्वाचन क्षेत्रमा अन्यत्रको तुलनामा बढी बजेट विनियोजना गरेको भन्दै संसदमा चर्को विरोध भएको थियो ।
 

टिप्पणीहरू