बेलायती राजदूत राप्रपा मुख्यालयमा

बेलायती राजदूत राप्रपा मुख्यालयमा

राजा र हिन्दुराष्ट्र फर्काउने अभियानमा लागेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालका लागि बेलायती राजदूतसँग छलफल गरेका छन् । 

लिङ्गदेन र राजदूत रब फेनबीच आज धुम्बाराहीस्थित राप्रपा मुख्यालयमा भेट भएको थियो । त्यसक्रममा राप्रपाले उठाउँदै आएको राजनीतिक तथा धार्मिक एजेण्डाका बारेमा छलफल भएको बताइएको छ । त्यस्तै, नेपाल–बेलायत सम्बन्ध र अन्य विविध समसामयिक परिस्थितिका बारेमा पनि उनीहरुले विमर्श गरेका थिए  

साथै, अध्यक्ष लिङ्देनले ब्रिटिश गोरखा सैनिकको पेन्सनलगायत सुविधाका सम्बन्धमा देखिएका समस्या र त्यसको समाधानबारे पनि राजदूत फेनसँग जिज्ञासा राखेको बताइएको छ । प्रत्युत्तरमा राजदूतले गोर्खा सैनिकको समस्या समाधान गर्न ब्रिटिश सरकार गम्भीर र सकारात्मक रहेको बताएका थिए ।

टिप्पणीहरू