एकीकृत समाजवादीको १० औं महाधिवेशन आजदेखि

एकीकृत समाजवादीको १० औं महाधिवेशन आजदेखि

नेकपा एकीकृत समाजवादीको १०औं महाधिवेशन आजदेखि शुरु हुँदैछ । महाधिवेशनमा राजनीतिकसहित चार वटा प्रतिवेदन पेस हुने जनाइएको छ । 

एक हजार ८४७ जना प्रतिनिधिले २१ पदाधिकारीसहित २९९ जनाको केन्द्रीय कमिटी चयन गर्ने छ । महाधिवेशनको उद्घाटन राजधानीको प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।  

अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल दुबै जनाले महाधिवेशनबाट पार्टी नेतृत्व सहमतिमा चयन हुने बताउनुभएको छ । हिजो आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले नेता कार्यकर्ताको भावनाअनुरुप सहमतिमै नेतृत्व चयन हुने बताउनुभएको थियो ।

टिप्पणीहरू