आठ प्रकारका औषधीमाथि प्रतिवन्ध

आठ प्रकारका औषधीमाथि प्रतिवन्ध

औषधी व्यवस्था विभागले आठ प्रकारका औषधीको उत्पादन तथा किनबेचमा रोक लगाएको छ । राष्ट्रिय औषधी नियमन प्राधिकरणमा दर्ता नभएका ती औषधीमाथि विभागले प्रतिवन्ध लगाएको हो ।
 

विभागले सूचना जारी गर्दै औषधी सल्लाहकार समितिबाट सिफारिस प्राप्त नहुँदासम्मका लागि ती औषधी उत्पादन नगर्न निर्देशन दिएको छ । प्रतिवन्धित औषधीहरुमा लिनाग्लिप्टिन २.५ र १० एमजी, लिनाग्लिप्टिन मेटफोर्मिन ५०० र ८५० एमजी, रिभारोछ्याबान ट्याब पाँच एमजीसहित २०० र ३०० एमजीको एसलोफेनेक छन् । 

विभागले हाल बजारमा रहेका यी औषधीहरु आगामी तीन महिनाभित्र फिर्ता लैजानसमेत उत्पादक कम्पनीलाई निर्देशन दिएको छ । साथै, बजार मौज्दातमा रहेका यस्ता औषधीको आधिकारिक विवरण विभागमा पेश गर्न र सम्बन्धित प्रमाणपत्र, अनुज्ञापत्र र सिफारिस पत्र फिर्ता लिन पनि भनिएको छ ।

टिप्पणीहरू