संस्कृत विश्वविद्यालय सेवा आयोगमा पदपूर्तिको तयारी

संस्कृत विश्वविद्यालय सेवा आयोगमा पदपूर्तिको तयारी

नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगको रिक्त अध्यक्ष र सदस्य पदमा आवेदन खुलेको छ । 

आज सूचना प्रकाशित गर्दै छनोट तथा सिफारिस समितिले दरखास्त आह्वान गरेको हो । तोकिएको योग्यता पुगेका व्यक्तिले आगामी १५ दिनभित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ । 

आयोगको अध्यक्षका लागि विद्यावारिधि गरेका र कुनै विश्वविद्यालयको प्राध्यापक पदमा स्थायी नियुक्त भई अनुभव हासिल गरेको हुनुपर्ने योग्यता तोकिएको छ । कम्तीमा पाँच वर्ष उच्च शैक्षिक संस्थामा प्राध्यापन गराएको वा तीन वर्ष पदाधिकारीको जिम्मेवारीमा रहनुका साथै दुई वर्षदेखि कुनै पनि दलको सदस्य नभएको पनि हुनपर्ने छ । 

सदस्यका लागि भने उम्मेदवारको न्यूनतम योग्यता विश्वविद्यालयको प्राध्यापक पदमा स्थायी नियुक्त पाएका र दुई वर्षअघिदेखि कुनै दलको सदस्य नभएको हुनुपर्ने छ ।
 

टिप्पणीहरू