काँग्रेसले भोलि छलफल गर्दै, रास्वपामा बैठक लाइभको माग

काँग्रेसले भोलि छलफल गर्दै, रास्वपामा बैठक लाइभको माग
सुन्नुहोस्

नेपाली काँग्रेसले पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक डाकेको छ । बैठक भोलि दिउँसो ३ बजे काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने जनाइएको छ ।

उता राष्ट्रिय स्वतन्त्र पार्टीले पनि केन्द्रीय समिति बैठक आह्वान गरेको छ । महामन्त्री मुकुल ढकालले बुधबार उक्त बैठकमा प्रत्यक्ष प्रसारण (लाइभ) गर्न माग गरेका छन् । उनले प्रत्यक्ष प्रसारणका लागि पार्टी सभापति रवि लामिछानेलाई आग्रह गरिएको बताए । उनले भनेका छन्, ‘हाम्रो अवस्था र वास्तविकता जनता स्वयमले छुट्याउन् ।’

टिप्पणीहरू