उपेन्द्रद्वारा माधवको मुक्त कण्ठले प्रशँशा

सुन्नुहोस्

जनता समाजवादी पार्टी,नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान र लोकतन्त्र जोगाउन एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले खेलेको भूमिकाको प्रशंसा गरेका छन् । 

एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशनको उदघाटन सत्रलाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटनविरुद्ध उभिएर अध्यक्ष नेपालले संविधान र लोकतन्त्रको रक्षार्थ अहम् भूमिका निभाएको बताए । असंवैधानिक ढंगले गरिएको संसद विघटनविरुद्धको बिद्रोहबाट एकीकृत समाजवादी पार्टी जन्मिएको अध्यक्ष यादवको भनाई छ । 

उनले अहिले पनि मुलुकमा जटिल अवस्था रहेको बताएका छन् । लोकतन्त्र खतरामा रहेको दाबी गर्दै यादवले भने, ‘लोकतन्त्रको खतरा बाहिरबाट होइन, लोकतन्त्रको समाप्ती हुने खतरा भित्रैबाट छ,’ यादवले भने,‘तपाईंहरूले जसरी बाहिरको खतरा हटाउन भूमिका खेल्नुभयो,अब भित्रबाट पनि बचाउन लाग्नुपर्ने बेला भएको छ।’

एकीकृत समाजवादीको महाधिवेशनले देशका समस्या केलाएर मुलुकलाई निकास दिने यादवले विश्वास व्यक्त गरे ।

टिप्पणीहरू