ममाथि कत्रो धोका दिनुभयो ओलीले-प्रधानमन्त्री

ममाथि कत्रो धोका दिनुभयो ओलीले-प्रधानमन्त्री
सुन्नुहोस्

‘निकै बाठो ठानिएका हाम्रा अध्यक्ष प्रचण्डलाई पनि ओलीले थाङ्नामा सुताए’ माओवादी केन्द्रका अधिकांश नेताले बिहानदेखि भन्न थालेका छन् ।

हिजो बिहान ९ बजेदेखि साढे १२ बजेसम्म बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको कुराकानी र राति विकसित राजनीतिक घटनाक्रमको रिपोर्टिङ सुनेपछि उनीहरुले त्यस्तो प्रतिक्रिया दिएका हुन् । 

आज बिहानको पदाधिकारी बैठकमा भने प्रधानमन्त्रीले ओलीबाट ठूलो धोका पाइएको गुनासो गर्नुभएको छ ।हिजो एमाले अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डसँग ‘सबै कुरा राफसाफ भयो अब’ भनेर हँसिलो मुहारका साथ पौने १ बजे बालुवाटारबाट बाहिरिनुभएको थियो । त्यसअघि ‘तपाईं नेतृत्वको वामपन्थी सरकारलाई बलियो बनाएर जाने हो । म काँग्रेस,दक्षिणपन्थी कसैसँग मिल्ने होइन । आगामी चुनावमा हामी सँगै जाने हो । चुनावपछि पार्टी एकता गर्ने हो तर यो हल्ला गर्ने विषय चाहिँ  होइन,’भन्दै प्रधानमन्त्रीलाई आश्वस्त तुल्याएर निस्केपछि माओवादी नेतृत्व र कार्यकर्ता वृत्त त्यसैमा रमाएर बसेको थियो ।

भारत गएको बेला काँग्रेससँग मिल्ने कुरो गर्नुभएको हो ? भनेर पनि सोध्नुभयो ।

एमाले अध्यक्षसँग भएको कुराकानीबारे राती ८ बजे प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै बालुवाटार स्रोत भन्छ, ‘लामो कुरा भयो । धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति,बजेटसम्बन्धी गुनासो पोख्नुभयो । भारत गएको बेला काँग्रेससँग मिल्ने कुरो गर्नुभएको हो ? भनेर पनि सोध्नुभयो । त्यही छलफलका आधारमा अपरान्हको क्याबिनेट बैठकबाट धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया पुनः थाल्ने निर्णय गराइयो । निश्कर्षमा सबै राफसाफ भयो भन्दै दिल खोलेर कुरो गरिएकाले अब केही समयलाई आनन्द भएको छ ।’
प्रधानमन्त्रीलाई ओलीले सोही भेटमा तत्काल केही प्रभावकारी कार्यक्रम ल्याउन सुझावसमेत दिनुभएको बताइन्छ । त्यही कुरो प्रधानमन्त्रीले माओवादी नेताहरुलाई साँझ ८ बजे ब्रिफिङ गर्नुभएको थियो । 

म काँग्रेस,दक्षिणपन्थी कसैसँग मिल्ने होइन । आगामी चुनावमा हामी सँगै जाने हो । चुनावपछि पार्टी एकता गर्ने हो तर यो हल्ला गर्ने विषय चाहिँ होइन,’ भन्दै प्रधानमन्त्रीलाई आश्वस्त तुल्याएर निस्केपछि माओवादी नेतृत्व र कार्यकर्ता वृत्त त्यसैमा रमाएर बसेको थियो ।

तर,एमाले र काँग्रेसलाई सबैभन्दा ठूलो चस्का प्रतिक थापा र बेचन झाको गिरफ्तारीपछि पसेको माओवादी वृत्तको बुझाई छ । रातिको राजनीतिक घटनाक्रम विकासपछि उनीहरुले एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोराको गिरफ्तारीले बालकोट र झाको वयानले बूढानीलकण्ठलाई तान्न सक्ने भएकाले अकस्मात यो अवस्था उत्पन्न गराइएको निश्कर्ष निकालेका हुन् । उनीहरु दुबै नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएपछि पोहोरदेखि भारततिरै फरार थिए।

माओवादीका एक जना मन्त्री भन्छन्, ‘ओलीले एमालेमा पनि महासचिव शंकर पोखरेलबाहेक अरु कसैलाई जानकारी दिएको पाइएन । उपाध्यक्ष विष्णु पौडेल हिजो बिहानसम्म पनि यो सरकार परिवर्तन नहुने धारणा राख्दै थिए । राती ९ बजे बालकोट पुगेका उपप्रधानमन्त्री रघुवीर महासेठलाई पनि अध्यक्षले नयाँ समीकरणबारे कुनै छनक नदिएर प्रचण्डलाई गतिलैसँग गुमराहमा राख्नुभएको देखियो । ’

आज बिहान बालुवाटारमा ओली पुग्दा राष्ट्रिय सभा सांसद झक्कुप्रसाद सुवेदी र केही माओवादी मन्त्रीहरु पनि थिए । उनीहरुले 'चुनावसम्म मिलेर जाने सहमति भएको थियो, एकाएक के भयो यस्तो कमरेड?' भनेर सोध्दा ओलीले 'त्यस्तो केही होइन, हस्ताक्षर भएको पनि छैन' भनी जवाफ फर्काउनुभएको पनि बुझिएको छ ।

टिप्पणीहरू