राप्रपाको आकस्मिक बैठक बस्दै

राप्रपाको आकस्मिक बैठक बस्दै
सुन्नुहोस्

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय पदाधिकारीहरुको आकस्मिक बैठक बोलाएको छ । विकसित राजनीतिक घटनाक्रम पश्चात् राप्रपाले आज दिउँसो २ बजे धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक राखेको छ ।

आगामी नयाँ गठबन्धनबारे धारणा बनाउन र निर्णय लिन बैठक बोलाइएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । गएराति नेपाली काँग्रेस र एमालेबीच नयाँ सरकार बनाउने लिखित सहमति भएको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमति पत्रमा हस्ताक्षर गरेपछि राजनीतिले नयाँ कोर्ष लिन लागेको हो ।

टिप्पणीहरू