नयाँ राजनीतिक समीकरणप्रति बालेनको असन्तुष्टि

नयाँ राजनीतिक समीकरणप्रति बालेनको असन्तुष्टि

मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति काठमाडौंका मेयर बालेन साहले चर्को टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा एउटा स्टाटस लेख्दै विकसित राजनीति घटनाक्रमप्रति तीतो पोखेका हुन् । 

उनको स्टाटस अनुसार बन्न लागेको नयाँ सत्ता समीकरणप्रति साह सन्तुष्ट देखिँदैनन् । ‘यो समय गिरिबन्धु चियाको हो’, उनले भनेका छन्, ‘काले–काले मिलेर खाउँ भाले ।’

उक्त स्टाटससँगै काँग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीले सँगै बसेर चिया खाइरहेको तस्बिर पनि सेयर गरिएको छ ।

टिप्पणीहरू