डेंगीबाट बच्न मन्त्रालयको आग्रह

डेंगीबाट बच्न मन्त्रालयको आग्रह
सुन्नुहोस्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगी संक्रमणबाट जोगिन सबैमा आग्रह गरेको छ । बर्खायाममा डेंगीको संक्रमण उच्च रहेकाले मन्त्रालयले यसबाट जोगिन आवश्यक सतर्कताको निम्ति अनुरोध गरेको हो।

मन्त्रालयले डेंगी संक्रमणबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्नुपर्ने बताएको छ । त्यसका लागि सँधै झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएका लुगा लगाउन, घरको झयाल ढोकामा जाली हाल्न भनिएको छ। 

त्यस्तै, सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मल्हमको प्रयोग गर्नुपर्छ भने घरपालुवा पशुपंक्षी व्यवस्थित ढंगले पाल्न र घर वरपर गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न दिन हुँदैन ।

मन्त्रालयले डेंगी संक्रमण भएमा देखिने लक्षणबारे समेत जानकारी गराएको छ ।

डेंगु भएमा थकाई लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, मांसपेशी तथा जोर्नी दुख्ने, वान्ता हुने र एक्कासी ज्वरो आउने मन्त्रालयले भनाइ छ । यस्तो लक्षण देखा परेमा तुरुन्तै अस्पताल जान सुझाव दिइएको छ ।

टिप्पणीहरू