राजनीतिक स्टण्डबाजी नगर्न गृहमन्त्रीलाई शाहीको सुझाव

राजनीतिक स्टण्डबाजी नगर्न गृहमन्त्रीलाई शाहीको सुझाव

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सरकारबाट बाहिरिँदै गरेको बेलामा पनि भ्रष्टाचारका फाइल खोल्न चुनौती दिएका छन् । उनले सरकार अझै एक महिना टिक्ने भएकाले यसबीचमा धमाधम फाइल खोल्न आग्रह गरेका हुन् ।

गृहमन्त्रीले भ्रष्टहरुलाई जोगाउन नयाँ गठबन्धन बनेको अभिव्यक्ति दिएपछि शाहीले राजनीतिक स्टन्डबाजीको सट्टा सरकार ढल्ने बेलामा नयाँ फाइल खोल्न सुझाएका हुन् । 

‘तीन महिना १५ दिनसम्म नखुलेको फाइलहरु अब सरकार ढल्नेबेला खुल्न थालेको रहेछन्’, लेखेका छन्, ‘फाइल खुल्ने भए अझै एक महिना यही सरकार हुन्छ, धमाधम खोल्नुहोस र जेल हाल्नुहोस, हाम्रो समर्थन हुन्छ । हैन भने सिर्फ राजनीति स्टन्डबाज नगरौँ ।’

टिप्पणीहरू