‘प्रधानमन्त्रीज्यूले जे गर्नुहुन्छ,त्यही मान्य’ भन्दै घण्टी टोली बालुुवाटारबाट फिर्ता

‘प्रधानमन्त्रीज्यूले जे गर्नुहुन्छ,त्यही मान्य’ भन्दै घण्टी टोली बालुुवाटारबाट फिर्ता

राजीनामा बोकेर बालुवाटार पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेतृत्वको टोली खल्तीबाट उक्त पत्र नझिकी फर्केको छ । हिजो एमालेका सबै मन्त्रीले सामूहिक राजीनामा दिँदै पार्टीले दिएको समर्थन फिर्ता लिएपछि दबाबमा पर्नुभएका प्रधानमन्त्रीलाई थप दबाब पर्ने भन्दै रविले राजीनामा नदिने मूड बनाएको बालुवाटार स्रोतले पुष्टि गरेको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्न गएको उक्त टोली करिब दुई घण्टाको छलफलपछि निस्केको हो । प्रधानमन्त्रीले तत्काल राजीनामा नदिन गरेको आग्रहलाई रास्वपाका नेताहरुले स्वीकार गरेका छन् ।

‘३० दिनसम्म किन कुर्ने ? संसदमा आफ्ना कुरा राखेर तपाई (रवि) हामी सँगसँगै छाडौंला ।’

छलफलमा सहभागी रास्वपाका एक जना नेताले भने, ‘प्रधानमन्त्रीले पहिले संसद बैठकमा आफ्ना कुरा राख्छु भन्नुभयो । त्यसका लागि ३० दिन कुर्नैपर्ने भन्नै छैन । तर, संसद बैठक आगामी मंगलबार यता बस्ने कार्यसूची छैन ।’

संसदको बैठकबारे सोधनी गर्ने क्रममा बालुवाटारबाट संसदका महासचिव पदमप्रसाद पाण्डेयलाई फोन गरिएको थियो । उताबाट २५ गतेसम्म संसद सचिवालयको अन्य व्यस्तताले गर्दा २५ गतेपछि मात्रै बैठक हुने जानकारी दिइएको थियो । तर, प्रधानमन्त्रीले विश्वासको प्रस्ताव पेश गर्न आजदेखि ३० दिने काउन्ट डाउन शुरु भएको छ ।

प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै बालुुवाटार स्रोतले भन्यो, ‘३० दिनसम्म किन कुर्ने ? संसदमा आफ्ना कुरा राखेर तपाई (रवि) हामी सँगसँगै छाडौंला ।’ प्रधानमन्त्रीको उक्त भनाईपछि रविले मुन्टो हल्लाउँदै ‘हस्’ भनेका थिए ।

 

टिप्पणीहरू