प्रधानमन्त्रीलाई एमालेकाे ध्यानाकर्षण : दीर्घकालीन असरका कुनै काम नगरियाेस्

प्रधानमन्त्रीलाई एमालेकाे ध्यानाकर्षण : दीर्घकालीन असरका कुनै काम नगरियाेस्
सुन्नुहोस्

नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दीर्घकालीन असर पर्ने कुनैपनि काम नगर्न ध्यानाकर्षण गराएको छ । एमालेले सरकारलाई दिएको आफ्नो समर्थन फिर्ता लिएसँगै सरकार स्वतः अल्पमतमा परेको उल्लेख गरेर प्रधानमन्त्रीलाई उक्त ध्यानाकर्षण गराएको हो । 

पार्टी महासचिव शंकर पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘अहिलेको परिस्थितिमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाउने अवस्था नरहेको हुँदा अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न÷नगराउन नेकपा (एमाले) सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गर्दछ ।’

त्यस्तै प्रधानमन्त्रीलाई राष्ट्रिय सहमतिको सरकार गठनमा सहभागी भएर सहयोग गर्न पनि एमालेको आग्रह छ । ‘राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियामा सहभागी हुन र सहयोग गर्न पुनः अनुरोध गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

टिप्पणीहरू