महामन्त्रीलाई निलम्बन गरी निकालिएको रास्वपा प्रतिवेदनमा के छ ?

महामन्त्रीलाई निलम्बन गरी निकालिएको रास्वपा प्रतिवेदनमा के छ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा. मुकुल ढकालको 'समीक्षा यात्रा प्रतिवेदन' सार्वजनिक भएको छ ।

समीक्षा यात्राका क्रममा जेठ ६ देखि असार ५ गतेसम्म ३८ जिल्लाको भ्रमणपछि ढकालले तयार पारेको र हिजो केन्द्रीय समितिमा पेश भएको ३२ पृष्ठको प्रतिवेदन आज सार्वजनिक भएको हो । उक्त प्रतिवेदनमा पार्टीको अवस्था चिन्ताजनक रहेको र यही रुपमा चलिरहे आगामी निर्वाचनमा विघटन हुने उल्लेख छ । 

ढकालले पार्टी संरचना,नेतृत्वको कार्यशैली,पार्टीप्रति आमनागरिकका अपेक्षाजस्ता विषय प्रतिवेदनमा उठाएका छन् ।

चेसमा रानी धेरै चल्दैन,तर हाम्रो पार्टीमा किन सभापति नै धेरै चलेको ? 

त्यस्तै,सभापति रवि लामिछानेमाथि पनि केही गम्भीर प्रश्न उठेको छ । 'पार्टीले ध्यान दिनुपर्ने विषयहरु' शीर्षकअन्तर्गत ढकालले यात्राका क्रममा पार्टीका कार्यकर्ता र समर्थक तथा शुभेच्छुकले सभापतिमाथि नै पहिलो पटक प्रश्न उठाएको जनाएका छन् ।

जसमा १० वटा प्रश्न समेटिएको छ । उल्लेखित प्रश्नहरुको जवाफ सभापतिबाटै प्राप्त हुने विश्वासका साथ उनले त्यसबारे थप कुरा नलेखेको बताएका छन् । 

यस्ता छन् रविमाथि उठेका प्रश्न : 

चेसमा रानी धेरै चल्दैन,तर हाम्रो पार्टीमा किन सभापति नै धेरै चलेको ? सभापति आफैँ गृहमन्त्री भएर किन गएको ? सिके राउत जस्तो ब्याकमा किन नबसेको ?

जिबि राई कहिले समातिन्छन् ? समात्न सकिदैँनथ्यो भने प्रतिपक्षीमा हुँदा किन म्याद नै तोकेर बोलेको ?

सभापतिसँग भेट्नभन्दा नरेन्द्र मोदीलाई भेट्न सजिलो छ ।

सभापतिको सचिवालयमा मृदुभाषी भएनन् । यही सचिवालयबाट अगाडि बढे सभापतिबाट राजनीति सम्भव छैन ।

किन ग्यालेक्सीको टिम धेरै भयो ? सभापतिले विश्वासको दायरा बढाउन नसकेको हो ?

सरकारमा गएपछि सोचेअनुरूप फाइल किन खोलिएन ?

निर्मला पन्तलाई न्याय कहिले मिल्छ ?

-ब्लु बस र रोजगारीको कुरा कता पुग्यो ?

सभापतिमा त्यागको भावना छैन भन्ने सन्देश गएको छ ।

सिधाकुरा जनतासँग कार्यक्रममा बोलेका कुरा जनताले सम्झिराखेका छन् तर सभापतिले बिर्सिए जस्तो छ । पार्टीको मेरूदण्ड नै त्यही कार्यक्रम थियो । पार्टीमा सिधाकुरा जनतासँग कार्यक्रमका मान्छे पनि केन्द्रीयस्तरमै आए,सभापतिको सचिवालयमा नै बसे तर तिनीहरूले पनि सिधाकुरा जनतासँग कार्यक्रम बिर्सिए र अरू राजनीति गर्न थाले ?

टिप्पणीहरू