श्रीमतीलाई हटाएर रेशम चौधरी देउवाको दैलोमा

श्रीमतीलाई हटाएर रेशम चौधरी देउवाको दैलोमा

संघीय सरकारको सत्ता समीकरणमा परिवर्तन आउने भएपछि रेशमलाल चौधरीको सक्रियता बढेको छ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक चौधरीले यस क्रममा पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गरी आफ्नो पार्टीले नयाँ राजनीतिक समीकरणमा सहभागी हुने निर्णय गरेको जानकारी गराएका छन् । भेटबारे जनआस्थालाई जानकारी दिँदै उनले भने, ‘अब नागरिक उन्मुक्ति पार्टी नयाँ सरकारमा सहभागी हुन्छ ।’

चौधरीकी पत्नी र बुबासहित प्रतिनिधिसभामा नाउपाका चार सांसद छन् । यसअघि माओवादी नेतृत्वको सरकारलाई पनि नाउपाका चारमध्ये तीन सांसदले विश्वासको मत दिएका थिए ।

केही दिनअघि मात्रै नाउपाकी केन्द्रीय अध्यक्ष एवम् रेशमपत्नी रञ्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट बहुमत सदस्यले हटाएका थिए । त्यसपछि गंगा चौधरीलाई उक्त जिम्मेवारी दिइएको छ ।
चौधरीले नयाँ सरकारमा सहभागी हुनेबारे संसदीय दलको बैठकले औपचारिक निर्णय लिने बताएका छन् ।

टिप्पणीहरू