मधेश सरकारमा काँग्रेसका चार मन्त्री

मधेश सरकारमा काँग्रेसका चार मन्त्री

मधेश सरकारमा नेपाली काँग्रेसका चारजना मन्त्री सहभागी हुने भएका छन् । आज बसेको प्रदेश संसदीय दलको बैठकले सतिशकुमार सिंहको नेतृत्वमा सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाइएको छ । 

बैठकले सुनिल यादव (रौतहट), जनार्दन क्षेत्री (पर्सा), शेषनारायण यादव (धनुषा) र कौशल किशोर राय (सर्लाही) लाई सरकारमा पठाउने निर्णय गरेको छ ।

केन्द्रीय सत्ता समीकरणमा परिवर्तन आएसँगै जनमत पार्टीका मुख्यमन्त्री सतिशकुमार सिंहले हिजो माओवादी केन्द्र र एकीकृत समाजवादीका छ मन्त्रीलाई बर्खास्त गरेका थिए ।

टिप्पणीहरू