अरुले हात मिलाउँदा असह्य,मोदीको अंगालोमा मौन

अरुले हात मिलाउँदा असह्य,मोदीको अंगालोमा मौन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच रुसको राजधानी मस्कोमा भेटवार्ता भएको छ । रुसको दुई दिने भ्रमणमा हिजो त्यहाँ पुगेका भारतीय प्रधानमन्त्री मोदी र पुटिनले भेटघाटको क्रममा निकै कसिलो अंकमाल गरेका छन् ।

रुस–युक्रेन युद्धपछि मोदीको यो पहिलो रुस भ्रमण हो । यसअघि दुई नेताबीच पटक पटक टेलिफोन वार्ता भएको थियो । प्रधानमन्त्री मोदी भारत–रुस सहयोग संयन्त्रको बैठकमा भाग लिन मस्को गएका हुन् ।

 

रुसमाथि अमेरिकालगायत पश्चिमा विश्वले आर्थिक नाकाबन्दी गरेका छन् । तर, रुस भ्रमण गर्ने विदेशी नेताहरुको संख्या बढ्दो छ । स्वयम् रुसी राष्ट्रपतिले यसअघि चीन,उत्तर कोरिया र भियतनामको भ्रमण गरेका थिए । 

गतसाता कजाखस्तानमा आयोजित सांघाइ सहयोग संगठनको शिखर सम्मेलनमा भाग लिने क्रममा रुसी राष्ट्रपतिसँग धेरै वटा मुलुकका राष्ट्राध्यक्षले वार्ता गरेका थिए । मोदीको भ्रमणअघि मस्कोले हंगेरीका प्रधानमन्त्रीलाई मस्कोमा स्वागत गरेको थियो । 

विशेषगरी चिनियाँ र रुसी नेताहरुबीच भएको भेटवार्तालाई पश्चिमा सञ्चारमाध्यमले नकारात्मक रुपमा अर्थ्याउने गरेको पाइन्छ । मोदी र हंगेरीका प्रधानमन्त्री भिक्टर अर्बानको मस्को भ्रमणलाई उनीहरुले खासै नकारात्मक रुपमा लिएको देखिँदैन ।

टिप्पणीहरू