मुकुल ढकालले आज छरपस्ट पार्दै

मुकुल ढकालले आज छरपस्ट पार्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सबै जिम्मेवारीबाट मुक्त गरिएका पूर्वमहामन्त्री डा.मुकुल ढकालले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । आफूलाई गरिएको कारबाहीको विषयमा जानकारी दिन उनले दिउँसो  पत्रकारहरुलाई बोलाएका छन् । 

अनामनगरको टिम्मुरे रेष्टुरेण्टमा ३ बजेदेखि भेटघाट शुरु हुने खबर पठाइएको छ । त्यसैक्रममा उनले पार्टी सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेको सबै कर्तुत खोल्ने दावी गरेका छन् । ढकालले केही दिनअघि सभापति लामिछानेलाई समीक्षा यात्रापछिको प्रतिवेदन बुझाएका थिए । 

प्रतिवेदनमा पार्टी सञ्चालन र सभापतिको कार्यशैलीप्रति कडा आलोचना गरिएको छ । अनुशासन उल्लङ्घन गरेको भन्दै उनलाई पार्टीको अनुशासन समितिले एक साताका लागि कारबाही गरेको थियो । आयोगले अस्ति ढकाललाई साधारण सदस्यसमेत नरहनेगरी हटाउन सिफारिस गरेको हो । 

हिजो बसेको केन्द्रीय समिति बैठकले चाहिँ  साधारण सदस्य मात्रै रहनेगरी महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाएको छ । त्यस्तै उनलाई पुनरावेदनका लागि ३५ दिनको समय दिइएको छ ।

टिप्पणीहरू