प्राकृतिक प्रकोप पीडितको सुरक्षामा ध्यान दिन काँग्रेसको माग

प्राकृतिक प्रकोप पीडितको सुरक्षामा ध्यान दिन काँग्रेसको माग
सुन्नुहोस्

नेपाली काँग्रेसले बाढी, पहिरो र डुबानमा पर्न सक्ने जोखिम क्षेत्रको पहिचान गरी नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गराउने कार्यमा जुट्न अपिल गरेको छ । 

प्राकृतिक प्रकोपबाट उत्पन्न असहज अवस्थामा नागरिकको जीवन सहज बनाउन आवश्यक कार्य गर्न सरकारसँग आग्रह गरिएको छ ।

अविरल वर्षाका कारण आएको बाढी, पहिरोलगायतका प्राकृतिक विपदमा दर्जनौं नागरिकले ज्यान गुमाइसकेको उल्लेख गर्दै उसले प्रभावित नागरिकको जीवन रक्षा गर्न माग गरेको हो । 

‘यस घडीमा प्रभावित नागरिकको जीवन रक्षा, उद्दार र राहतको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन यथाशीघ्र प्रभावित क्षेत्रमा उद्दार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न तीन वर्ट तहका सरकारहरुको आवश्यक समन्वय र व्यवस्थित योजना साथ सम्पूर्ण रुपले ध्यान केन्द्रित गर्न नेपाली काँग्रेस आग्रह गर्दछ,’ आज विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, बाढी, पहिरोमा परी बेपत्ता तथा सम्पर्कविहीन भएकाको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेहरुको सम्पूर्ण उपचारको व्यवस्था मिलाउन पनि आग्रह गरिएको छ ।
 

टिप्पणीहरू