बीबीसीका पत्रकारकी श्रीमती र छोरीहरुको घरभित्रै हत्या

बीबीसीका पत्रकारकी श्रीमती र छोरीहरुको घरभित्रै हत्या
सुन्नुहोस्

बीबीसीमा कार्यरत एक पत्रकारका श्रीमती र दुई छोरीको हत्या भएको छ । उनीहरुको लण्डन नजिकैको निवासभित्र हत्या भएको बताइएको छ ।

लण्डनभन्दा २० माइल टाढाको लिफ टाउनमा रहेको निवासमा बीबीसी हर्स रेसका कमेन्टेटर जोन हन्टकी श्रीमती र दुई छोरी गम्भीर अवस्थामा फेला परेका थिए । उनीहरुको केही बेरमै ज्यान गएको प्रहरीले जनाएको छ ।

मृतकहरुमा ६१ वर्षीया महिला क्यारोल हन्ट बीबीसीका कमेन्टेटर हन्टकी श्रीमती हुन् । उनीहरूका २५ र २८ वर्षका दुई छोरी पनि मारिएका छन् । 

अत्याधुनिक हतियार प्रयोग गरिएको उक्त आक्रमणमा संलग्न एक जनालाई घाइते अवस्थामा फेला पारिएको छ । प्रहरीले फेला परेका २६ वर्षीय काइल क्लिफर्डले गोली प्रहार गरेको आशंका गरेको छ ।

टिप्पणीहरू