अल्पमतमा परेपछि संसद नै विघटन गर्नेहरुले मलाई नैतिकता सिकाउन पर्दैन -प्रधानमन्त्री

अल्पमतमा परेपछि संसद नै विघटन गर्नेहरुले मलाई नैतिकता सिकाउन पर्दैन -प्रधानमन्त्री
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारसँग डराएर नेपाली काँग्रेस र नेकपा एमाले मिलेको दाबी गर्नुभएको छ । 

प्रतिनिधिसभाबाट आज विश्वासको मत लिनेक्रममा उहाँले त्यस्तो बताउनुभएको हो । प्रधानमन्त्रीले एक महिना विश्वासको मत लिन पाउने संवैधानिक अधिकार प्रयोग गर्दा आफूमाथि नैतिकताको प्रश्न उठाईएको भन्दै चर्को आक्रोश पोख्नुभयो । 

नैतिक आधारमा अल्पमतमा परिसकेपछि आफूलाई लामो समय विश्वासको मत नलिइ बस्न रुची नरहेको र १० दिनभित्रै विश्वासको मत लिएको उहाँको भनाई छ । एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति इंगित गर्दै उहाँले आफू अल्पमतमा परेपछि संसद नै विघटन गर्ने बानी परेकाहरुले नैतिकताको पाठ सिकाउने प्रयास गरेकोप्रति असन्तुष्टि जनाउनुभयो । 

‘आफू अल्पमतमा परेपछि संसद नै विघटन गर्ने बानी परेकाहरुलाई र त्यसको समर्थन गरेका साथीहरुले समेत मलाई नैतिकताको पाठ सिकाउने प्रयास गरियो', प्रधानमन्त्री प्रचण्डले भन्नुभयो । 

अहिलेको संविधानमा नेकपा माओवादी केन्द्रको सबैभन्दा धेरै ठूलो लगानी रहेकाले संविधान मिच्ने प्रवृत्तिविरुद्ध लड्ने प्रधानमन्त्रीको घोषणा छ ।
 

टिप्पणीहरू