प्रधानमन्त्रीको नाममा लेखकको शायरी
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अग्रगमनका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन् ।
आज प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सो धारणा राखेका हुन् । संविधान संशोधन गरेर समावेशीता उल्ट्याउन खोजेको काल्पनिक भाष्य निमार्ण गर्न खोजिएको भन्दै लेखकले असन्तुष्टि जनाए ।
‘संविधानको संशोधन भनेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई थप सुदृढ गर्न भनिएको हो’, उनले भने,‘यो पश्चगमन होइन, अग्रगमनका लागि विधानलाई थप सम्मुनत बनाउन गरिने भएको हो ।’
सांसद लेखकले प्रधानमन्त्रीको अभिव्यक्तिमाथि टिप्पणी गरेर थप पीडा दिन नचाहेको पनि बताए । ‘म कमसेकम आज प्रधानमन्त्रीजीले राख्नुभएको खण्डन, प्रतिवाद केही गर्ने वाला छैन, यसले थप कटुता उत्पन्न गर्छ', उनले भने, 'हाम्रो समाजले पीडामा भएको कुनै पनि मानिसमाथि थप टिप्पणी गर्नु भनेको ज्यादा पीडित गर्नु भनेकालेले त्यतातिर जान चाहन्न ।’
प्रधानमन्त्रीलाई व्यंग गर्दै लेखकले उर्दु साहित्यकार मिर्जा गालिबको शायरीसमेत सुनाएका छन् । ‘आज मलाई उर्दुका साहित्यकार मिर्जा गालिबको लाइन सम्झना भयो’, उनले सुनाए, ‘मैले जिन्दगीभर यही गल्ती गरिरहेँ कि धुलो अनुहारमा थियो, तर ऐना पुछिरहेँ।’
टिप्पणीहरू