प्रधानमन्त्रीलाई एमाले सांसदको ‘गीतिजवाफ’

सुन्नुहोस्

नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गीतबाट जवाफ दिएका छन् । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले धोका दिएको प्रधानमन्त्रीको भनाईप्रति असहमत उनले गीतमार्फत् जवाफ दिएका हुन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद भट्टराईले भने, ‘प्रधानमन्त्रीज्यूले हाम्रा मन्त्रीहरुलाई गीत सुनाउनु भएछ, कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले, मैले आज उहाँको लागि एउटा गीत लेखेको थिएँ, माया त कति लाइयो, लाइयो ।’

सांसद भट्टराईले प्रधानमन्त्रीले लुकिछिपी नेपाली काँग्रेससँग माया लगाउन खोजेपछि नयाँ परिस्थिति आएको दाबी गरे । ‘हामीले दिएको मायाले नपुगेर तपाईं आफैँले अन्त माया लगाउन खोज्नुभयो त ! हामीले ०८४ सम्म माया गछौँ भनेकै हौ नि । तपार्इं कै कारण विश्वास संकटमा पर्यो’, उनले थपे ।
 

टिप्पणीहरू