बर्गर हाउसको अचारमा दुर्गन्ध, मालिकद्वारा कर्मचारीमाथि दोष

बर्गर हाउसको अचारमा दुर्गन्ध, मालिकद्वारा कर्मचारीमाथि दोष

काठमाडौं महानगरपालिकाले कलंकीमा रहेको बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनलाई दुई लाख रुपैयाँ जरिवाना तिराएको छ । अनलाइन मःम अर्डर गरेका ग्राहकलाई अस्वस्थ्यकर अचार पठाएको पुष्टि भएपछि महानगरले कारबाही गरेको हो ।

अस्ति बेलुकीको अनलाइन अर्डरमा उपभोक्ताले मःमको अचारमा गन्ध आएको भेटिएपछि सोबारे बर्गर हाउसलाई जानकारी गराइएको थियो । गुनासोपछि वर्गर हाउसले पुनः पठाएको अचारमा पनि गन्ध आएपछि उपभोक्ताले महानगर प्रहरी बलमा उजुरी गरेको हो । महानगरका खाद्य प्राविधिक अनिल बस्नेतले भने, ‘उजुरीपछि छानबिन गर्दा खानेकुरामा स्वच्छता नभएको पुष्टि भएकोले कारबाही गरेका हौं ।’

उजुरीको छानबिनका लागि कार्यालयमा बोलाइएका बर्गर हाउसका सञ्चालक विक्रम गिरीले मःमको अचारमा दुर्गन्ध आएको स्वीकार गरेका हुन् । उनले तयार पार्नेबित्तिकै फ्रिजमा राख्नुपर्ने अचार कर्मचारीले भुलवशः बाहिर राखेकाले गन्ध आएको स्पष्टिकरण दिएका थिए ।

टिप्पणीहरू