प्रधानमन्त्री ओलीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

सुन्नुहोस्

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ ।

आज शीतल निवासमा आयोजित समारोहमा उहाँले राष्ट्रपति रामचन्द्र पौडेलसँग शपथ्र लिनुभएको हो । प्रधानमन्त्रीको शपथलगत्तै दुई उपप्रधानमन्त्री र मन्त्रीहरुको पनि शपथ ग्रहण गराइएको छ । 

संविधानको धारा ७६ (२) अनुसार राष्ट्रपति पौडेलले ओलीलाई आइतबार साँझ प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो।

टिप्पणीहरू