रविको टाउकोमा अझै झुन्डिएको तरबार

रविको टाउकोमा अझै झुन्डिएको तरबार
सुन्नुहोस्

रास्वपा अध्यक्ष रवि लामिछानेदेखि एमाले अध्यक्ष केपी शर्मा ओली अघाएकै हुन् ? ‘राष्ट्रिय सहमति’मा सानो स्पेससमेत रविले नपाएपछि यस्तो प्रश्न उठाउन थालिएको हो । संविधान संशोधन नहुञ्जेलसम्म लामिछानेलाई ओलीले उपयोग गरिरहने भने पक्का छ ।

माओवादी, नेकपा एस र उपेन्द्र यादवको संविधान संशोधनका बेला भर नहुने भएकाले ओलीले लामिछानेलाई त्यसबेलासम्म रिङ्ग्याएर राख्ने सम्भावना छ । संविधान संशोधन गरी समानुपातिक सभासद्हरूलाई राष्ट्रिय सभा सदस्यका रूपमा स्थानान्तरण गर्ने निर्णय नहुन्जेलसम्म राहदानीलगायतको तरबार लामिछानेका टाउकोमा झुन्ड्याएर राखिने अवस्था छ । 

अर्कातिर सहकारी प्रकरणमा सर्वोच्च अदालतले राय बझाएर पूर्ण इजलाशमा यो प्रकरण प्रवेश गरेको तर त्यसको टुंगो कहिले लाग्ने ठेगान छैन । दुई न्यायाधीशबीच राय बाझेको कारण रविको टाउकोमा तरबार झुन्डिरहेको मान्ने कानुनविद् पनि थुप्रै छन् ।

रविको सहकारी ठगीले स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ र र मनीष झाको शीर ठाडो हुन दिन्न भने बर्खास्त महामन्त्री मुकुल ढकालसमर्थित समूहलाई बालेन शाहतिर लाग्ने वातावरण सिर्जना गरिँदैछ । कांग्रेस सभापति शेरबहादुर देउवालाई ठूलो दलको रूपमा कायम रहन संख्या वृद्धि आवश्यक छ भने जसपा ओलीले त्यसै फुटाएको होइन । 

नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा अनुसन्धान थालिएका कतिपय विषय लामिछाने गहृमन्त्री हुनेबित्तिकै अवरुद्ध भएका थिए । अब त्यसरी मुल्तवीमा राखिएका मुद्दाहरू कांग्रेसका तर्फबाट असार २९ गतेपछि नियुक्त हुने अवस्था छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू