परराष्ट्रमा मात्रै मन्त्री र सचिवको महिला जोडी
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली र उहाँको क्याबिनेटका २२ जना मन्त्रीले आज शपथपछि पदभार ग्रहण गर्नुभएको छ । झण्डै दुई दर्जन मन्त्रीमध्ये दुई जना मात्रै महिला हुनुहुन्छ ।
डा. आरजू राणा देउवा परराष्ट्र र विद्या भट्टराईले शिक्षामन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको छ । तीमध्ये परराष्ट्रमा मात्रै मन्त्रीसँगै सचिव सेवा लम्साल पनि महिला हुनुहुन्छ ।
निमित्त मुख्यसचिवसहित हाल नेपाल सरकारका विभिन्न मन्त्रालय र निकायमा ७१ जना सचिव छन् । तीमध्ये आधा दर्जन मात्रै महिला हुन् ।
टिप्पणीहरू