प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई पाकिस्तानबाट बधाई
प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरिफले बधाई ज्ञापन गर्नुभएको छ । चौथो पटक नेपालको प्रधानमन्त्री नियुक्त हुनुभएकोमा उहाँले सामाजिक सञ्जालमार्फत बधाई दिनुभएको हो ।
पाकिस्तानी समकक्षी शरिफले ओलीलाई उहाँको कार्यकालमा दुई मुलुकबीचको मैत्रीपूर्ण सम्बन्ध प्रगाढ हुने विश्वास व्यक्त गर्नुभएको छ । साथै क्षेत्रीय सहयोग प्रवर्धनमा पनि दुई मुलुक सफल हुने विश्वास लिइएको छ ।
त्यसैगरी पाकिस्तानी विदेशमन्त्री इशाक दारले परराष्ट्रमन्त्री डा. आरजू राणा देउवालाई सफल कार्यकालको शुभकामनासहित बधाई दिनुभएको छ । उहाँले मन्त्री देउवाको कार्यकाल दुई मुलुकबीचको सम्बन्ध थप प्रगाढ बनाउन सहयोगी हुने र द्विपक्षीय सम्बन्धको क्षेत्र थप फराकिलो हुने विश्वास लिनुभएको छ ।
टिप्पणीहरू