वरिष्ठ अधिवक्ता रमेश बडाल पुनः महान्यायाधिवक्ता

वरिष्ठ अधिवक्ता रमेश बडाल पुनः महान्यायाधिवक्ता

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको छ । बडाललाई राष्ट्रपतिले संविधानको धारा १५७ को उपधारा २ बमोजिम नियुक्त गर्नुभएको जनाइएको छ ।

बडाल पहिले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा महान्यायाधिवक्ता हुनुहुन्थ्यो । 

यसअघिका महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएपछि राजीनामा दिनुभएको हो ।

टिप्पणीहरू