अख्तियार प्रमुख बिहानै उत्तरतिर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई चीन भ्रमणमा जानुभएको छ ।
उहाँ आज बिहान हिमालयन एयरलाइन्सको उडानबाट ल्हासा प्रस्थान गर्नुभएको हो । उक्त एयरलाइन्सको उडान नम्बर एच ९७७४ मा प्रमुख आयुक्त राईसहित चार जना बिहान सवा ८ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट त्यता प्रस्थान गरेको बताइएको छ ।
साधारण राहदानी प्रयोग गरी चीन जानुभएका उहाँको साथमा भद्रकुमारी राई शेर्पा, लोककुमारी शेर्पा र तारा थापा पनि छन् ।
टिप्पणीहरू