प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि विनोद चौधरी दिल्लीतिर

प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि विनोद चौधरी दिल्लीतिर

नेपाली काँग्रेसका सांसद तथा विवादास्पद व्यापारी विनोद चौधरी गएराति नयाँ दिल्ली पुगेका छन् । उनी एअर इण्डियाको उडान नम्बर एआई २१२ मा राति १० बजे नयाँ दिल्ली गएको बताइन्छ ।

यता,प्रधानमन्त्रीले भोलि दिउँसो प्रतिनिधि सभाको बैठकबाट विश्वासको मत लिँदै हुनुहुन्छ । सोही प्रयोजनको निम्ति काँग्रेसले संसदीय दलको बैठक डाकेको छ ।

काँग्रेसले भोलि मध्यान्ह १२ बजे राखेको बैठक संसद भवनको ल्होत्से हलमा बस्दैछ । समसामयिक राजनीति र प्रधानमन्त्रीले लिने विश्वासको मतसम्बन्धी विषयमा बैठक केन्द्रित हुने जानकारी दिइएको छ ।

टिप्पणीहरू