भाडाका सवारी साधन चढेका माननीयको संसद नछिर्दै बिजोग
नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले निजी गाडी नभएकै कारण संसद भवन प्रवेशमा कठिनाई भएको गुनासो पोखेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले आफू पठाओ तथा ट्याक्सीमा आएकाले गेटबाट छिर्न नदिइएको घटना सुनाए ।
‘संसदमा हामी कमजोर माननीयहरु पैदल आउछौँ, साधन छैन, ट्याक्सी र पठाओलाई भाडा तिरेर आउछौँ’, उनले सुनाए, ‘गेटबाट भित्र छिर्दा गाडी दर्ता भएको हुनुपर्ने व्यवस्था छ, तर हामी कमजोर मान्यहरुको गाडी छैन, गाडी नभएपछि दर्ता हुने कुरा भएन, दर्ता नभएपछि इन्ट्री नहुने रे, त्यस्तो कुरा हुनुभएन ।’
सांसद चौधरीले गेटमा प्रवेशको वातावरण सहज बनाइदिन गृहमन्त्रीको ध्यानाकर्षण समेत गराए । ‘कमजोर मान्यहरुले कहाँबाट गाडी किनेर ल्याउनु ? म गृहमन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु, सरल ढंगले प्रवेशको व्यवस्था गरिओस्’, उनले थपे ।
टिप्पणीहरू