सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक
मन्त्रिपरिषद्को आकस्मिक बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसिरहेको छ ।
आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनापछि बैठक बोलाइएको हो ।
बैठकमा विशेषगरी उक्त दुर्घटना छानबिनका लागि समिति गठनको निर्णय गरिँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा अधिकांश मन्त्री र कायम मुकायम मुख्यसचिवको उपस्थिति रहेको बताइएको छ ।
यसअघि प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक र पर्यटनमन्त्री बद्री पाण्डेलगायत सुरक्षा निकायका प्रमुख एवम् उच्च सरकारी अधिकारीहरुको टोलीले दुर्घटनास्थलको निरीक्षण गरेको थियो ।
टिप्पणीहरू